गुल्मीका काेराेना संक्रमित शिक्षकको मृत्यु,” अस्पतालले लापरबाही गय्राे:आफन्त

everest kitchen

बुटवल । कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले जनाएको छ ।

रुपन्देही स्थित क्रिमसन अस्पतालमा उपचार भैरहेकाे उनकाे हिजाे नै मृत्युकाे खबर बाहिरीएकाे थियाे । यधपी अस्पताललृ एक विज्ञप्ति जारी गर्दै उनमा काेराेना संक्रमण पुष्टि भएकाे तर केहि सामाजिक सञ्जाल तथा मिडियाहरुमा निज विरामीको मृत्यु भएको भन्ने गलत समाचार भएकाे उल्लेख गरेकाे थियाे ।

आज उनकाे मृत्यु भैसकेको खबर अस्पतालले आफन्तलाई दिईसकेकाे छ ।तर आफन्तहरुले भने अस्पतालले बिरामीको उपचार नगरेकाे आराेप लगाएका छन । हिजो नै मृत्यु भएकालाई लुकाएको आफन्तकाे आराेप छ । बिरामीका कुरुवा बेलाबेलामा झयालबाट हेर्दा आवश्यक कुनै पनि अौषधि बिरामीमा नलगाएकाे मृतकका एक आफन्तहरुले बताएका छन ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लागेपछि अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखिनै उनकाे स्वास्थ्य समस्य जटिल बन्दै गएकाले उनको सघन कक्षामा उपचार भइरहको थियो ।

मृतक पेशाले शिक्षक थिए। उनको विद्यालय क्वारेन्टिन भएकाले त्यहीँबाट उनलाई संक्रमण सरेको आशंका गरिएको छ।

याे संगै नेपालमा ३ जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ बर्षिया युवककाे मृत्यु भएकाे थियाे ।