झापामा एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै संक्रमितको सङ्ख्या ४ सय ५३ रहेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् । त्यस्तै रुपन्देहीका एक २७ बर्षिया पुरुष रहेका छन ।

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकोे बताएको छ।

आजै यसअघि झापामा १५ जना सहित १७ जनामा काेराेना पुष्टि भएको थियाे । झापामा संक्रमित भेटिएपछि उक्त क्षेत्र आसपास सिल गरिएको छ ।

संक्रमण पुष्टि भएका ४ सय ५३ मध्ये हालसम्म ४९ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक , बाँकेमा एक र गुल्मीमा एक जना गरी तीन जनाको मृत्यु भएको छ ।