बाँकेको र कपिलवस्तुमा संक्रमित थपिए, संक्रमित ४ सय ५७ पुगे

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४५७ पुगेको छ ।

भेरी अस्पताल , नेपालगंज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला , रुपन्देहीमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या तीन ( ३ ) रहेकाे छ । जो बाँकेका नरैनापुर -३ निवासी ३२ वर्षीय पुरुष ; खजुरा -३ निवासी ४२ वर्षीय महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिका निवासी १ ९ वर्षीय पुरुष रहेका छन ।

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकोे बताएको छ।

संक्रमण पुष्टि भएका ४ सय ५७ मध्ये हालसम्म ४९ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक , बाँकेमा एक र गुल्मीमा एक जना गरी तीन जनाको मृत्यु भएको छ ।