साउदी अरबमा १ हजार ३ सय ६४ नेपालीमा काेराेना, ७ जनाको मृत्यु

everest kitchen


काठमाडौं । साउदी अरबमा हालसम्म १ हजार ३ सय ६४ जना नेपालीमा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ ।

साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले नेपाली राजदुतावास साउदीलाई दिएको लिखित जानकारी अनुसार साउदी अरबमा हालसम्म हजार ३ सय ६४ जना नेपालीमा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ भने ७ जनाकाे मृत्यु भएको जनाएको छ ।

संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ जना, राजदूतावाले हेर्ने क्षेत्रमा १ हजार १६ जना र जेद्दा क्षेत्र (जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना) मा ३४८ जना संक्रमित रहेकाे बताएको छ । उक्त संक्रमितहरु मध्ये १७ जना महिला रहेका छन् ।

साउदीमा हालसम्म काेराेनाकाे कारण ७ जना नेपालीको मृत्यु भएकाे छ । संक्रमितमध्येबाट आधा भन्दा वढिले स्वास्थ्य लाभ गरेकाे मन्त्रालयले जनाएकाे छ ।

साउदी अरबमा हालसम्म ६५ हजार ७७ जनामा काराेना संक्रमण पुष्टि भएकाे छ । ३ सय ५१ जनाकाे ज्यान गएकाे छ भने ३६ हजार ४० जनाले स्वास्थ्य लाभ गरेका छन ।