कतारमा नेपालीलाई गाेली हानी दिइयो मृत्युदण्ड

everest kitchen

 

काठमाडौं । कतारमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। कतारी नागरिककाे हत्या आराेपित अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो।

महोत्तरीको औरही-१,का अनिल चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल-नुयमीको हत्या अभियोगमा अदालतले सुनाएको फैसलाबमोजिम चौधरीलाई मृत्युदण्ड दिइएको हो। नुयमीलाई दर्जनौंपटक खुकुरी प्रहार गरेको फैसलामा उल्लेख छ ।

चाैधरि सन २०१५ अगस्टमा राेजगारिकाे लागि कतार गएका थिए । हत्या आराेपमा सन् २०१७ अप्रिलमा पक्राउ परेपछि नेपाली राजदुतावास साउदी उनकाे मुद्दाकाे पुनरावेदनकाे मुद्दा लडेको थियाे । उक्त मुद्दाकाे विपक्षमा फैसला र मृतकका परिवारले माफि नदिएपछि उनलाई मृत्यु दण्ड दिईएकाे बताएको छ ।

उनले अदालती बयानमा साउदी नागरिककाे प्रतिकार गर्दा , उनकाे मृत्यु भएकाे बताएका थिए ।

कतारमा याे नेपालीलाई पहिलो मृत्युदण्ड हाे ।