काेराेना : मलेसियामा शुक्रबार मर्नेकाे सङ्ख्या एक, नयाँ संक्रमित ७८ जना

everest kitchen

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १५ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १५ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ७ हजार १३७ जनामा संक्रमण देखिएकाेमा ५ हजार ८५९ जनाले स्वास्थ्य लाभ गरेका छन । शुक्रबार थप ७८ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म मलेसियामा ५४ जना नेपालीमा संक्रमण पुष्टि भएकाे छ , भने १४ जनाले स्वास्थ्य लाभ गरि सकेका छन । काेराेनाकाे कारण मलेसियामा कुनै नेपालीको पनि ज्यान गएकाे छैन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख ३४ हजार ९८९ रहेकाे छ भने संक्रमितको सङ्ख्या ५१ लाख १३ हजार ८२ जनामा संक्रमण रहेकाे छ । २० लाख ९३ हजार ८२० जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ४ सय ८७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ७० जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन । आजमात्रै बाँकेमा २१ जना डिस्चार्ज भएका थिए ।