एकैदिन ५० जनामा कोरोना संक्रमण पुष्टि

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिङ -१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ५ सय ७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार अपराह्न थपिएका २० जनामध्ये बाँकेका १४, कैलालीका ३, डेडल्धुरा, बैतडी र मोरङका एक-एक जना छन्।

त्यस्तै आजै यसअघि बिहान ३० जनामा पुष्टि भएको थियाे । जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौं र भरतपुर अस्पताल , चितवनमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या तीस ( ३० ) रहेकाे छ । जो नवलपरासी ( बर्दघाट सुस्ता पूर्व ) विनय त्रिवेणी गाउँपालिका -६ निवासी ४५ वर्षीय पुरुष , भरतपुर महानगरपालिका -६ केसरवाघ , चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी , सुस्ता गाउँपालिका -५ र रामग्राम न.पा. – ३ र १८ निवासी: ३३ र ३५ वर्षीय पुरुषहरू , १५ वर्षीय महिला रहुका छन ।

त्यस्तै कपिलवस्तु बाणगंगा न.पा. , मायादेवी गाउँपालिका निवासी २४. २५ , २७ , २ ९ , ३४ , ३६ , ४५ , ५३ वर्षीय पुरुषहरू र ८ वर्षीय बालिका रहेका छन । सर्लाही , गोडैता न.पा.- ८ , ९ , ११ , १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका -७ निवासी २२ , २२ , २४ , २५ , २५ , २७ , ३२ , ३४ , ३४ , ३५ , ३८ , ३८ , ३८ , ३ ९ वर्षीय पुरुषहरू र १८ वर्षीय महिला रहेकाे मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि भएका ५ सय ७ मध्ये हालसम्म ७० जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक , बाँकेमा एक र गुल्मीमा एक जना गरी तीन जनाको मृत्यु भएको छ ।