कतारमा खाद्यान्न अभाव भएका नेपालीलाई खाद्यान्न राहत उपलब्ध गरिने

everest kitchen
कतारकाे सनैया क्षेत्र । photo: google file

दाेहा । नेपाली राजदूतावास कतार र एनआरएन कतारकाे सहकार्यमा कतारमा रहर खाद्यान्न अभाव भएका नेपालीहरुलाई राहत उपलब्ध गराउने भएकाे छन ।

कतार स्थित नेपाली राजदुतावासले एक सुचना जारी गर्दै काेराेना भाईरस प्रभावले खाद्यान्न अभाव भएका नेपालीले कतार स्थित बिभिनन नेपाली संगठन र एनआरएनमा सम्पर्क गरि राहत लिन भनेकाे छ । दुतावासका अनुसार राहत बितरणकाे जिम्मा एनआरएन कतारलाई दिएकाे छ ।

कतार सरकारले खाद्यान्‍न संकट भएका ५ हजार नेपाली कामदारलाई पुग्ने खाद्यान्‍न उपलब्ध गराएको थियाे । उक्त  खाद्यान्नलाई दोहास्थित नेपाली दूतावासमा भण्डार गरिएको छ ।कतारको आन्तरिक मन्त्रालयले कतार च्यारिटीमार्फत नेपाली समुदायलाई उपलब्ध गराएको हो ।

खाद्यान्‍न अभाव भई नेपाली दूतावास र नेपाली संघसंस्थामा सम्पर्कमा आउने कामदारलाई वितरण गरिने बताएको छ ।