मन्त्री अर्यालले प्रचण्डलाई अध्यावधिक नक्सा हस्तान्तरण गरिन

everest kitchen


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी छिन ।

शनिबार बिहान मन्त्री अर्यालले लिम्पियाधुरा क्षेत्र समावेश गरिएको नेपालको अध्यावधिक नक्सा प्रचण्डलाई हस्तान्तरण गरेकी हुन् ।

अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्री अर्यालले अध्यक्ष प्रचण्डलाई हस्तान्तरणका क्रममा नक्सा तयार गर्ने प्राविधिक सहित सम्पूर्णलाई धन्यवाद दिएका थिए ।