भारतमा कोरोना संक्रमितको सङ्ख्या १ लाख २५ हजारबढी

everest kitchen
file photo

ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ ।

भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख २५ हजार  १०१ पुगेको छ भने ३ हजार ७२० जनाको मृत्यु भएकाे छ । संक्रमणबाट निको भएका बिरामीको संख्या ५१ हजार ७८४ जना रहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  हाल भारतमा ६९ हजार ५९७ जना कोरोना संक्रमित उपचाररत रहेका छन ।

काेराेना बाट सबैभन्दा बढी प्रभावित भारतको महाराष्ट्र राज्य रहेको छ । त्यहाँ हालसम्म ४४ हजार ५८२ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् भने मृत्युदर पनि बढिनै रहेकाे छ । । महाराष्ट्रपछि क्रमशः प्रभावित राज्यहरु तमिलनाडू, गुजरात, दिल्ली रहेका छन । दिल्लीमा १२ हजार ३१९ जना कोरोना संक्रमित रहेका छन् ।

भारतमा काेराेनाभाईरस राेकथाम तथा नियन्त्रणका लागि करिब दुई महिना यतादेखि लकडाउन जारी रहेको छ । भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ  ।