कोरोना: मलेसियामा ७ हजारबढी संक्रमित हुदा झन्डै ६ हजार निकाे भए

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार  एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ४८ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११४ रहेकाे छ । ७ हजार १८५ जनामा संक्रमण रहेकाेमा ५ हजार ९१२ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख ४० हजार २६१ रहेकाे छ भने संक्रमितको सङ्ख्या ५३ लाख २० हजार ८६५ जनामा संक्रमण रहेकाे छ । २१ लाख ७० हजार ४७२ जनाले स्वास्थ्य लाभ गरेका छन ।

मलेसियामा हालसम्म ५४ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ  भने १३ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।

नेपालमा अहिलेसम्म ३ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै  ५४८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ७० जना डिस्चार्ज भएका छन ।