नारायणी अस्पतालबाट कोरोना संक्रमितमध्येका ९ जना डिस्चार्ज

everest kitchen

काठमाडौं । नारायणी अस्पताल वीरगन्जमा उपचाररत ९ जना काेराेना संक्रमितले स्वास्थ्य लाभ गरेपछि घर फर्केका छन ।

उक्त अस्पतालमा उपचाररत गराइरहेका ७२ मध्ये ९ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित निको भएपछि शनिबार डिस्चार्ज भएकाे अस्पतालले जनाएको छ।

डिस्चार्ज हुनेमा  पर्साका ३, बाराका २, रौतहटका ३ र १ जना भारतीय नागरिकहरु रहेका छन् ।

चिकित्सकका अनुसार उनीहरुमा कोभिड १९ को कुनैपनि लक्षण देखिएको थिएन । उनीहरूमा दाेस्राेपटककाे परिक्षण नेगेटिभ देखिएपछि घर पठाएको हाे ।

याे संगै नेपालमा काेराेेनम उपचार पछि स्वास्थ्य लाभ गर्नेकाे सङ्ख्या ७९ रहेकाे छ भने ३ जनाकाे मृत्यु र ५८४ जनामा संक्रमण देखिएको छ ।