काठमाडौंमा माेटरसाइकल दुर्घटना हुदा दुई जनाकाे मृत्यु

everest kitchen
photo file

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–२, पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।

आइतबार बिहान साढे ५ बजे तीर सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल र झोरबाट टोखातर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झाेरतर्फबाट आउदै गरेकाे माेटरसाइकलमा पछाडि बसेका एकजना गम्भीर घाईते भएकाे बताएको छ ।