क्वारेन्टाइनमा मदिरा पुय्राउनेलाई जरिवाना

everest kitchen

काठमाडौं । चितवनको राप्ति नगरपालिकाे एक क्वारेन्टाइनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्‍याएपछि ती आफन्तलाई  स्थानीय प्रशासनले पाँच हजार जरिवाना गराएको छ ।

बुद्धशान्ति माविमा रहेको क्वारेन्टाइनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउने राप्ती नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय कुमार थपलियालाई जरिवाना गराएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।

यस्तोकाे किसिमका कार्यहरु अबदेखि नगर्न भन्दै जरिवाना गराएपछि मदिरा पुय्राउने थपलियालाई छाेडिएकाे हाे ।