रहस्य : सीता बिष्ट कार्की (सीबिका)


सीता बिष्ट कार्की(सीबिका)

लघुकथा :रहस्य
सीता बिष्ट कार्की (सीबिका)

अब अर्को बिहे गर्नुस् , बिहे भएको पाँच वर्ष भैसक्यो , आफूले पाएर सन्तानको मुख देख्ने भन्ने कुरा पनि यो जूनिलाई त्यत्तिकै हुने भो बुढा ,”डाक्टरसँग जचाएर आएपछि निर्मलाले भनि” ।

हरिशरणले भन्यो , “निर्मला ! के वाहियात कुरा गरेकी ?अब फेरि बिहे गर्ने मैले ? ”
“त्यसोभए सन्तानविहीन भएर बस्ने त ?” हेर त सँगै बिहे गरेको मेरो साथीको छोरो अहिले दुइ कक्षामा जान लागिसक्यो ।मामुबाबा भनेर घरै कति रमाइलो बनाईदिएको छ ।हाम्रो घर हेर कति सून्य छ , “सूनसान मरुभूमि जस्तो “! निर्मला भावुक भएर भनी ”
रामशरणले भन्यो ,-मान्छे समय र परिस्थितिसँग रमाउन सिक्नुपर्छ , … बोल्दै थिए उनले कुरा काट्दै भनिन्-“आदर्श धेरै नछाँट , आदर्श र व्यबहार फरक कुरा हुन , जे भएपनि सन्तान हुनुपर्छ यो घरमा त्यही हो ।अनि तिमिले गाँउको आफ्नो घरमा अहिलेसम्म एकपटक पनि लगेका छैनौ ,घरका सदस्यहरु र सासु ससुरा सँग पनि अहिलेसम्म परिचय गराएका छैनौ । किन होला ? ”

उनी आफ्नो कुरामा केन्द्रित हुन खोजिन् -” साँच्चै भन न ,यो सबै गोप्यता किन ?केहि न केहि त रहस्य छ नभन्नुमा , तिम्रो मेरो प्रेम विवाह भएको पनि पाँच वर्ष भयो। के यो विवाह झुठो हो र ?”अचम्म लाग्छ तिमी दशै तिहार जस्तो महान चाडपर्वमा पनि आफूमात्र घर जान्छौं , मलाई आफ्नै घरसँग बेखबर र संपर्कविहीन बनाएका छौ किन ?”

हिँजो निर्मलाको कुरा सुनेदेखी, ढाँटिरहेको छु भन्ने लागेर हरिशरण बेचैन बनिरहेको थियो ।भय ,ग्लानी , पश्चतापले घोरिएर बसिरहेको बेलामा एक्कासि हरिशरणको मोबाइलमा एकोहोरो ट्रीङ्ग ट्रीङ्ग घन्टी बजिरह्यो । हरिशरणले मोबाईल उठाएन ।
निर्मलाले भनी “किन नउठाउनु भएको फोन ?”
हरिशरणले भन्यो-” त्यो आएको फोन मेरो छोराको थियो ।

टोखा ९ काठमाण्डौ