मलेसियामा हात गुमाएर उपचाररत केसीलाई आरएम १३ हजारबढी सहयोग

everest kitchen
सहयोग हस्तान्तरण गर्दै शैलेस शाैगात/ उपचाररत केसी

ईश्वर राई
क्वालालम्पुर । मेसिनले च्यापेर बायाँ हात गुमाएर उपचाररत अन्तरे केसीलाई मलेसियामा रहेका बिभिन्न संघ-संस्थाले आर्थिक सहयोग गरेका छन ।

रामेछाप दिम पोखरी स्थायी घर भएका अन्तरे केसिलाई मलेसिया स्थित विभिन्न संस्थाहरु तथा व्यक्तिहरुले मे २४ तारीख आइतबार ३ लाख ६६ हजार रुपैया भन्दा बढि सहयोग हस्तान्तरण गरेकाे सहयोग सङकलन अभियान्ता शैलेस शाैगातले जानकारी दिए । इपो ,पेराक राज्य अवस्थित एम एस बिबि (msbb) कम्पनीमा कार्यरत केसीकाे काम गर्ने क्रममा गत बर्ष सन २०१९ अगस्ट १८ तारीख मेसिनले च्यापेर बायाँ हात गुमाएका थिए ।

दुर्घटना भए यतादेखि निरन्तर मलेसियाकाे पेराक हस्पिटलमा उपचारार्थ रहेका केसीलाई उपचार खर्चको अभाव भएपछि मलेसियामा रहेका सुशिला दंगाल, शैलेस शौगात लगायतले अार्थिक सहयोग सङकलनकाे अभियान सञ्चालन गरेर सहयोग जुटाएका हुन । उक्त सहयोग अभियानमा विभिन्न निम्न संघसंस्था, ब्याबसायी, कार्यक्रम तथा श्रमिकहरुले सहयोग गरेका थिए ।

रिमिक्स धमाका मलेसिया केएल आरएम २१४५
रिमिक्स धमाका जोहोर आरएम ११५६, एनआरएनए जोहोर ९५७ रिङगिट, टिडब्लुटि कम्पनी १२०० रिङगिट, पिटिबि समाज जोहोर ९९० रिङगिट, नेपाल मगर संघ जोहोर २०० रिङगिट, नोभा सोफा पेक्नास ४०० रिङगिट, पि.पि.एस कम्पनी ७०० रिङगिट, राज होटेल श्री भाग्य ७०० रिङगिट, अर्जुन खड्का २०० रिङगिट, लिला २८० रिङगिट, एसडब्लुएम कम्पनी २०० रिङगिट, एचबि सिसा आलमुनियम ३९० रिङगिट, गोर्खाली होटेल १०० रिङगिट,
आदिबासी संघ जोहोर १८०रिङगिट, लेसि कम्पनी ४०० रिङगिट, भिडब्लुपि कम्पनी ४०० रिङगिट, नेपाली सिक्रोटी १५१ रिङगिट, सैलेस सौगात १६५ रिङगिट, लक्ष्मी तामाङ २०० रिङगिट, ईफको कम्पनी ४०० रिङगिट र राकेश महत १०५ रिङगिट गरि..

जम्मा १३२०५ रिङगिट करिब नेरु ३ लाख ६६ हजार ९६६ बराबरको सहयोग गरिएकाे हाे ।