नेपालमा काेराेना संक्रमित हालसम्मकै उच्च, संक्रमित ६ सय ७५ पुगे

everest kitchen

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएका संक्रमितहरूको जम्मा भगया ६७५ पुगेको छ र नयाँ पुष्टी भएको संख्या ७२ ( बहत्तर ) रहेको छ ।

आज संक्रमित हुनेहरुमा धनुषा ३ जना, कपिलवस्तु ३ जना, काठमाडौं ३ जना, बारा २३ जना, रौतहट २६ जना, सप्तरी २ जना, बर्दिया १ जना, बाँके ४ जना, र दैलेख ७ जना रहेका छन ।

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकोे बताएको छ।

संक्रमण पुष्टि भएका ६ सय ७५ मध्ये हालसम्म ८७ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक , बाँकेमा एक र गुल्मीमा एक जना गरी तीन जनाको मृत्यु भएको छ ।