कोरोना: मलेसियामा सोमबार नयाँ संक्रमित १ सय ७२ जना

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १७२ जना रहेकाे छ । गएकाे शनिबार र आईतवार पनि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे थियाे ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ४१७ जनामा संक्रमण रहेकाेमा ५ हजार ९७९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियामा हालसम्म ५४ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १३ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख ४६ हजार ९४९ रहेकाे छ भने संक्रमितको सङ्ख्या ५५ लाख १६ हजार ८४२ जनामा संक्रमण रहेकाे छ । २३ लाख १० हजार २१५ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ३ जनाकाे मृत्यु भएकाे पुष्टि भएको छ । त्यस्तै ५८४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ८७ जना डिस्चार्ज भएका छन ।