रुकुम पूर्वमा अफिम खेती नष्ट

everest kitchen
photo file

रुकुम । रुकुम पूर्वमा करिब ३ राेपनी क्षेत्रफलमा गरिएको अफिम खेत नष्ट गरिएकाे छ ।

पुथाउत्तरगंगा गाउँपालिका-८ काँडास्थित करिब ३ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाएको अफिम खेती मंगलबार बिहान प्रहरीले नष्ट गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी जाङबाट खटिएको प्रहरीले उक्त अफिम खेती फडान गरी नष्ट गरेको हो ।

रुकुम पुर्वमा यसअघि पनि अफिम खेती प्रहरिले नष्ट गर्दै आएको छ ।