लागूऔषध र नगदसहित शुभचन्द्र पक्राउ

सुनसरी । धरानमा नियन्त्रित लागूऔषध र नगदसहित ४१ बर्षिया शुभचन्द्र राई पक्राउ परेका छन ।

उपमहानगरपालिका-९ बगैंचाटोल बस्ने ४१ वर्षीय शुभचन्द्र राईलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन प्लस १ हजार २ सय ८० क्याप्सुल, नाईट्रोसन ३ सय ट्याब्लेट, एकसय एमएलको डाईलेक्स डिसी ८० बोतल र नगद २ लाख ३७ हजार रुपैयाँ सहित मंगलबार दिउँसो पक्राउ गरेको प्रहरीले बताएको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट अनुसन्धानको लागि खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध र नगद फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।