डर: बिरही कान्छा “मिरिक”

बिरही कान्छा ( मिरिक)

लघुकथा: डर 

बिरही कान्छा “मिरिक”

हिजो राति कसले हाे दैलाेअघि एउटा पाेका फ्याँकि राखेको रहेछ । कसैकाे हिम्मत थिएन त्याे छुने । कसैले हप्तादिनसम्म छाेएन पनि । हुन पनि यस्ताे डरकाे माहोलमा कुनै अज्ञात सामानमा कसले पाे हात लाउने!
सधै उठ्नसाथ आँखा त्यहि जाने । बेलुकी दैलाे थुन्दा नजर त्यतै टाँसिन पुग्ने । कसैलाई नछोउ भनेकाेले पनि वाक्कै।जे हाेला हाेला भाेलि सखारै उठ्ने अनि बालबच्चाले थाहै नपाई खाेल्ने जे हाेला हाेला राेग लागे मलाई लाग्ला भन्ने ठानेँ मनमनै । बिहान भाे ,भाले बासि रा ‘थियाे । जुरुक्क उठेँ र चाेरबिरालाेकाे चालमा दैलाे खाेलेँ । मनमा डर त थियाे तर खाेले हेरे एक एक गर्दै सामान निकाल्न थाले-”तीनओटा माक्स,तीनवटा साबुन र एउटा कागजकाे टुक्रा जसमा लेखिएकाे थियाे एक हफ्ताबाद रासन लिन फुलपूरचाेकमा आउनु हाेला साथै तल लेखिएकाे थियाे ‘ तपाईंको आफ्नै’नेता जी”।