गण्डकी प्रदेशमा थप चार जनामा कोरोना पुष्टि

everest kitchen


काठमाडौं । गण्डगी प्रदेशको नवलपरासी बर्दघाट सुस्ता (पूर्व) मा स्याङ्जा जिल्ला वालिङ ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २६ र २२ का २ जना पुरुष तथा बर्ष ३९ का १ जना महिला समेत गरि ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ |

उनीहरूलाई सबैजनालाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको छ प्रदेश सरकारले जनाएको छ।

त्यसैगरी गण्डकी प्रदेश, नवलपरासी बर्दघाट सुस्ता (पूर्व) जिल्ला, देबचुली नगरपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष १९ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । उनलाई भरतपुर स्थित कोरोना अस्पतालमा लागिएको छ ।

यो संगै गण्डकीमा संक्रमितको सङ्ख्या १६ पुगेको हाे ।