क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १० जना रहेकाे छ । गएकाे शनिबार, आईतवार सोमबार, मंगलबार र बुधबार पनि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे थियाे ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ६२९जनामा संक्रमण रहेकाेमा ६ हजार १६९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मलेसियामा हालसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।
याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख ५८ हजार ८०० रहेकाे छ भने संक्रमितको सङ्ख्या ५७ लाख ७ हजार १२ जनामा संक्रमण रहेकाे छ । २५ लाख १० हजार ३५६ जनाले स्वास्थ्य लाभ गरेका छन ।
नेपालमा अहिलेसम्म ५ जनाकाे मृत्यु भएकाे पुष्टि भएको छ । त्यस्तै १ हजार ४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १८७ जना डिस्चार्ज भएका छन ।