मलेसियामा कोरोना संक्रमित नेपालीको सङ्ख्या ८१ पुगे, २२ जना डिस्चार्ज

everest kitchen

 

ऐजेन्सी । मलेसियामा ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेका अनुसार मलेसियामा हालसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएको छ भने २२ जनाले स्वास्थ्य लाभ गरेका छन ।

मलेसियामा सबैभन्दा बढि सेक्युरिटी गार्डहरु प्रभावित भएको देखिन्छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ६२९जनामा संक्रमण रहेकाेमा ६ हजार १६९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।