कण्ठी बाँधेका विरालो : मोहन अधिकारी

मोहन अधिकारी

लघुकथाः कण्ठी बाँधेका विरालो
मोहन अधिकारी

गजुरधन साहु गाँउमा निक्कै चिनिएका पुँजीपतिमा पर्दथे। घरमा नोकर,चाकरदेखि लिएर घरमा भान्सेनी केटीसमेत राखेका थिए।
उनको घरमामात्रै होईन गाँउदेखि लिएर जिल्लासम्म नै रवाफ थियो।उनीदेखि सबै डराउँथे,यही डरको फाईदा उठाएर उनी निक्कै व्यभिचार पनि गर्दथे।
उनकी श्रीमतिलाई यस कुरामा धेरै शंका लाग्थ्यो र सोध्ने गर्थिन् “कतै भान्सेनी केटीमाथि कुदृष्टि लाउनुहोला र अवगाल विहोर्नु पर्ला नि”?
“होईन कस्ती आईमाई रछे हौ यो त मलाई त वगालमा छोडेको राँगै सम्झिन्छेस् की क्या हो”?भन्दै हान्ने राँगाले झै राता राता आँखातरेर श्रीमतिलाई चुप गराँउथे।
एकदिन उनलाई पिसाव सम्वन्धि विमारले साह्रै सताएर डाक्टर देखाँउदा डाक्टरले विहानैको पिसाव जँचाउने सल्लाह दिए।उनले विहानैको पिशाव फेरेर शिशीमा सिढिंमुनी राखेका थिए,भान्सेनीले कुचोलाँउदा सिसी लडेर सबै पिशाव पोखियो।
मालिक्नीले आवाज सुनेर कराँईन “होईन यसले वोतलमा मालिकले राखेको पिसाव पोखिदिई कि क्या हो?”
भान्सेनीले” होईन होईन अर्कै वोतल लडेको” भन्दै हतार हतार खाली शिशीमा आफैले पिसाव फेरेर जस्ताको तस्तै राखिदिई।
एकछिनमा मालिक मालिक्नी पिसाव वोकेर डाक्टरकोमा गए,रिपोर्ट आयो डाक्टरले रिपोर्ट हेरेर” यो पिसाव तपाईको हो की तपाईकी श्रीमतिको हो?”
“के कुरा गर्नुहुन्छ डाक्टर साव?मेरै हो नि”

” किन र डाक्टर साव?”गजुरधनले उत्सुकता पोख्यो।डाक्टरले हाँस्दै भने- “पिशावका हिसावले त तपाईको पेटमा गर्भधारण गरेको पो देखाँउछ त”?
गजुरधनको कालो कर्तुत श्रीमतिले बुझिहालिन् तरपनि गजुरधन कण्ठीबाँधेको विरालो झैं चोखो सावित हुन ट्वाँ परेर श्रीमतिलाई नै हेरिरहेको थियो।