जबरजस्ती करणी अभियोग लागेर फरार रहेका सुमन तामाङ एक बर्षपछि पक्राउ

everest kitchen

काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काभ्रे धुलिखेल नगरपालिका-८ पकुचा बस्ने २९ वर्षीय सुमन तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका-४ सूर्यविनायक डेरा गरी बस्ने २३ वर्षीया महिलालाई २०७६ साउन १ गते राति डेरामा गई जबरजस्ती करणी गरेको घटनामा संलग्न रही फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा बुझाएको छ ।

तामाङ उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।