विदेशमा अलपत्र नेपालीलाई एकसाता भित्र स्वदेश फर्काउन सुरु गरिने

everest kitchen
photo file

काठमाडौं । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हाे । बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गर्दै साता/दश दिनपछि नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको स्राेतले जनाएको छ ।

विदेशमा राेकिएका नेपालीहरूलाई ल्याउन नेपालमा भएका सबै कम्पनीका जहाजहरूले उडान गर्नेछन्। सरकारी र निजी कम्पनीका सबै जहाज उडाउँदै दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपालीलाई स्वदेश ल्याउन सकिने समितिले आंकलन गरेकाे छ ।

नेपाल आउनेहरूले जहाजको भाडा लगायतका खर्च भने आफैं तिर्नुपर्नेछ। नेपाल आईसकेपछि उनीहरुलाई होटलमा राखिने र हाेटलहरूको मेनु र शुल्क होटल अनुसार सरकारले तय गर्नेछ। फर्केकाहरूले आफ्नो क्षमताअनुसार होटल छान्न पाउनेछन्। यधपी केहि एकदमै समस्यामा रहेका नेपालीहरुलाई भने दुतावासको समन्वयमा उद्धार गरिने बताएको छ ।

काठमाडौंमा फर्केहरुकाे काेराेना परिक्षण गरिने र नेगेटिभ रिपोर्ट आएपछि भने स्थानीयतहको रोहवरमा गाउँ फर्कन पाउनेछन् ।