ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये १० अौं स्थानमा रहेकाे छ ।
भारतमा पछिल्ला २४ घण्टामा ७ हजार ९ सय ६४ नया संक्रमित पुष्टि भएका छन् जुन एकैदिन भेटिएको हालसम्मको सर्वाधिक संख्या हो ।
यसका साथै देशमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ७ हजार ६३ पुगेको छ ।
यीमध्ये ८२ हजारभन्दा बढी निकोसमेत भइसकेको छन् भने ८६ हजारभन्दा बढी अहिले पनि संक्रमित छन् ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो एक दिनमा २ सय ६५ व्यक्तिको मृत्यु दर्ता गरेका छन् । यससँगै यहाँ मृतकको संख्या ४ हजार ९ सय ७१ रहेको छ । महाराष्ट्र देशमा सबैभन्दा धेरै व्यक्ति संक्रमित छन्, त्यहाँ ६२ हजार २ सय २८ व्यक्तिमा संक्रमण देखिएको छ ।