चाेर बिरालो : टङ्कबहादुर आलेमगर

टङ्कबहादुर आलेमगर

लघुकथा: चाेर बिरालो
टङ्कबहादुर आलेमगर

-एउटा अलिक वर ।
-एउटा अलिक पर ।

ङुरङुराउँदै थिए , बेवारिसे बिरालो । त्यहाँ छाेप्न बिर्सेकाे एकबटुकाे मासु थियो ।

मासु खान जिब्रोले मुख चाट्दै एउटा सर्यो। अर्कोले पुच्छर हल्लाउँदै ङुरङुरायो ‘मुुख चाेभी मात्रै हेर । तलाई छाेड्ने बाउलाई देखाइन भने मेराे नाम ढाडे नै हाेइन ।’
‘खइइइइइई !!’ भन्दै पछाडि सर्‍यो ।
अर्कोले खान खाेज्दा यसको पालाे छाेप्न खाेज्दै ङुर गर्छ ‘ल खा त, हेराैँ तेरो खुबी । तेराे मुख च्यात्न सकिन भने मलाई आमाले जन्माएकै हाेइन ।’

त्याे पनि डराएरपछि सरेर करायो ‘नारान्नी………।’ भन्दै ।

यसाे गर्दै बिरालो ङुरङुराकाे तल मेलाे खन्दै गर्या भाउजूले सुन्नु भयाे । र ‘लाै हुद्रुङ्ले सक्यो नानीलाई राखेको मासु । थुक्क अगति छाेप्न भुसुक्कै बिर्से छु ।’ भन्दै दगुर्दै अाइपुगिन ।

भाउजूकाे दचक पाएपछि दुइटै बिरालो भागे ।

भाउजू खुशी हुनु भाे । चाेखै मासु देखेर । अनि राेटी पाेल्ने ढुङ्गाले छाेपेर लागिन मेलाे तिरै ।

अहिले दुइटै बिरालो आएर छाेपेको मासु सुँगेर मुखमिठाए । एउटाले अर्कोलाई हेर्दै भन्याे ‘खाइस् पाेक्चे ।’
‘तहिले पनि खाइस मुख भरि ।’ भन्दै टाँरमा चढेर कराउन थाल्यो ।

त्रियुगा नगरपालिका -११, संगमटाेल, उदयपुर
१नम्बर प्रदेश