कलाकार जयनन्द चन्द ठकुरीको निधन

everest kitchen

काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनकोआईतवार विहान आज निधन भएको हो ।

कलाकार ठकुरीकाे ललितपुरकाे बागडोल स्थित आफ्नै घर मा उनको बिहान ११ बजेर २० मिनेटमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।

कलाकार ठकुरीको ८० बर्षको उमेरमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटको विद्युतिय शव गृहमा अन्त्येष्टी गरिदैछ ।

कलाकार ठकुरीले थुप्रै चलचित्रमा अब्बल कलाकारिता प्रस्तुत गरेका थिए ।