मकैबारीमा घाँस काटीरहेको अवस्थामा करणी गरेको अभियोगमा एकजना पक्राउ

everest kitchen
साङ्केतिक तस्बिर

उदयपुर । मकैबारीमा घाँस काटीरहेको अवस्थामा करणी गरेको अभियोगमा एकजना पक्राउ

२६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा  त्रियुगा नगरपालिका-८ उत्राईटोल बस्ने २५ वर्षीय प्रकाश दनुवारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई आफ्नै मकैबारीमा घाँस काटीरहेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले प्रकाशलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनााएको छ ।