भारत कोरोना प्रभावितमध्ये विश्वको सातौं स्थानमा,

everest kitchen

ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये ७ अौं स्थानमा रहेकाे छ । भारतमा काेराेना प्रभाव बढेसंगै नेपालमा पनि उच्च जाेखिममा रहेकाेछ ।

सोमबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९० हजारबढि रहेको छ । त्यस्तै ५ हजार ४ सय ८ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब ९१ हजार ८ सय जना निको भएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । सोमबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १८ लाख ३७ हजारबढी रहेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६ हजार १ सय ९३ रहेको छ भने करिब ६ लाख निको भएका छन् । अमेरिकापछि ब्राजिलमा करिब ५ लाख १५ हजार संक्रमित भएका छन् । ब्राजिलमा अहिलेसम्म २९ हजार ३ सय १४ को मृत्यु भएको छ भने करिब २ लाख ६ हजार निको भएका छन् ।

त्यसैगरी रुसमा ४ लाख ५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ४ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ । रुसमा निको हुनेको संख्या करिब एक लाख ७२ हजार रहेको छ । रुसपछि बेलायत , स्पेन र ईटाली बढि प्रभावित भएका छन।

अमेरिकका पछि सबैभन्दा बढि बेलायतमा मृत्यु भएको छ । बेलायतमा हालसम्म ३८ हजार ४८९ जनाकमे मृत्यु भएको छ ।

विश्वभर हालसम्म ६२ लाख ६७ हजार ४८८ जनामा संक्रमण देखिएको छ भने ३ लाख ७३ हजार ९६१ जनाको मृत्यु भएको छ । त्यस्तै २८ लाख ४७ हजार ५७१ जनाले स्वास्थ्य लाभ गरेका छन