कोरोना प्रकोप : मलेसिया कोरोना नियन्त्रण उन्मुख, नयाँ संक्रमित ३८, मृत्यु शुन्य

everest kitchen

 

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३८ जना रहेकाे छ । याे हप्ताभरि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे छ । मलेसिया पछिल्लोपटक काेराेना नियन्त्रणमा केहि हदसम्म सफलतातर्फ उन्मुख रहेकाे तथ्यांकले देखाउछ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ८५७ जनामा संक्रमण रहेकाेमा ६ हजार ४०४ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो तुलनात्मक रुपमा राम्रो सुधार मान्नसकिन्छ ।

त्यस्तै मलेसियामा हालसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेका छन । यधपी यसको पछिल्लो अाधिकारिक जानकारी भने बाहिरिएकाे छैन । याे तथ्यांक केहि दिन अघिको हाे ।

मलेसियामा हालसम्म करिब ५ लाख ५३ हजार बढिमा काेराेना परिक्षण गरिएकाे छ भने ७ हजार ८५७ जनामा संक्रमण पुष्टि भएकाे छ ।