नेपालमा काेराेना संक्रमित हालसम्मकै उच्च, संक्रमित १ हजार ७ सय ९८ पुगे

everest kitchen

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । बिहिवार मात्रै नेपालमा थप २२६ जनामा काेराेना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा २२६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। यो वृद्धि अहिलेसम्मकै बढी हो।

उनका अनुसार झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको हाे ।

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकोे बताएको छ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ७९८ पुगेको छ भने ८ जनाको मृत्यु भएको छ । हालसम्म २२१ जना निको भएका छन्।

पुर्ण अपडेट भिडियोमा हेर्नुहाेस: