कर्तव्य: पुष्पा सायरा

पुष्पा सायरा

लघुकथा – कर्तव्य

पुष्पा सायरा

बुहारीको बरखी सिद्दिएको लगत्तै आमाले मसंग भन्नु भयो – “छोरा , ‘तिम्रो उमेर अझैँ छ ।केटा केटी पनि स्कुले छन् । मेरो पनि भात भान्छा गर्ने अवस्था छैन । घर व्यवहार धान्न एउटी केटी विवाह गर्नु पर्छ होला बाबु ।´´

यति छिटै आमाले यसो भन्दा म सोच्न
बाध्य भएँ । नाईँ भनेर जवाफ फर्काउने अवस्थामा म थिँइन ।
कान्छो ११ र जेठो ब्याचलर दोस्रो बर्षमा पढ्दै थिए । एउटी स्नेहशील र परिपक्क स्त्रीको आवश्यकता त थियो नै तर यति छिट्टै ? छोराहरूले के सोच्लान् ?

आमाको मृत्युमा कान्छो छोरो निक्कै रोएको थियो । एकदिन मौका पारेर मैले छोराहरुको मन बुझ्न चाहेँ । भने – “ तिमीहरूकी अामा त भगवानकी प्यारी भइन् । तिमीहरूलाई अामाजस्तै माया गर्ने ………. मेरा गला अवरुद्ध भएँ । केही बोल्न सकिँन । कान्छो छोराको अनुहारमा रुष्टता देखियो । अामा संझिएर अनुहार कालो बनाएको देखेँ । मेरा नयन रसाउन थाले । सहनशील ,मायाँलु ,हक्की ,कर्मठ ,दयालु जति नै विशेषण लगाए पनि कमै हुने थिइन् , उनी ! १६ वर्षको सङ्गतमा कत्ति खुसी पाएको थिएँ , मैले ! म एकोहोरो भएँ। छोराहरू बाबाको अनुहार घरी घरी पुलुक्क चिहाउँथे। मेरो मौनतामा उनीहरू झन दुखित देखिए । मैले पाप गर्न अाटेँ भन्ने अनुभूति मलाई भयो । अनि हाँस्ने प्रयास गरेरै भनेँ – “ बाबुहरू , अाज उप्रान्त म नै तिमीहरूको बुवा पनि , अामा पनि है ? ´´भन्दै गर्दा छोराहरू मुसुक्क हाँसे । त्यसपछि मैले जागिरै छाडेँ । मेरो निर्णयमा अामा खुसी हुनु भएन । तरै पनि सम्झाएँ र भनेँ – “ अामा बिन्ति छ, मन नकुड्याउनु होला। यो जुनि म उनकै लागि बिताउनेछु है ।´´

बिराटनगर -२