बैतडीको एक क्वारेन्टाइनमा एक युवतीको मृत्यु

everest kitchen
photo :file

बैतडी । बैतडीको एक क्वारेन्टाइनमा एक युवतीको मृत्यु भएको छ । २२ बर्षिया युवती भारतबाट आएकी थिईन ।

पुर्चौडी नगरपालिका–४ स्थित भटनाको  मालिका मावि विद्यालयमा रहेको क्वारेन्टाइनमा ती युवतीको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडी जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको बताएका छन ।