३५ केजी गाजा बरामद, गाजा बोक्ने व्यक्तिहरु फरार

everest kitchen

सर्लाही । लालबन्दी नगरपालिका-१२ भालु खोप डाँडा मछयाङको गौंडाबाट अवैध लागूऔषध गाँजा करिब ३५ केजी ६ सय ग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
उक्त डाँडाको बाटो हुँदै लागूऔषध गाँजा ओसारपसार हुँदै छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको गस्ती प्रहरीलाई देख्नासाथ अपरिचित ५ जना व्यक्तिहरुले आफूले बोकी ल्याएको प्लास्टिकको डोरीले बाँधेका ७ वटा पोकाहरु फालेर जङगलतर्फ भागेका थिए । प्रहरीले सो पोकाहरु तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ

साथै      फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।