क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या २० जना रहेकाे छ । याे हप्ताभरि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे छ । मलेसिया पछिल्लोपटक काेराेना नियन्त्रणमा केहि हदसम्म सफलतातर्फ उन्मुख रहेकाे तथ्यांकले देखाउछ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ८७७ जनामा संक्रमण रहेकाेमा ६ हजार ४७० जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो तुलनात्मक रुपमा राम्रो सुधार मान्नसकिन्छ ।
त्यस्तै मलेसियामा हालसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।
याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख ७७ हजार ८८१ रहेकाे छ भने संक्रमितको सङ्ख्या ६३ लाख ८८ हजार २३४ जनामा संक्रमण रहेकाे छ । २९ लाख २२ हजार ११६ जनाले स्वास्थ्य लाभ गरेका छन ।
नेपालमा अहिलेसम्म ८ जनाकाे मृत्यु भएकाे पुष्टि भएको छ । त्यस्तै १ हजार ८११ जनामा आधिकारिक काेराेना संक्रमण पुष्टि भएकाे छ भने २२१ जना डिस्चार्ज भएका छन ।