भन्सार छलेर समान ओसारपसार गर्नेहरु सामानसहित ७ वटा मोटरसाइकल छोडेर भागे

everest kitchen

सुनसरी । भन्सार छली ल्याएका करिब ३ लाख ७१ हजार ४ सय रुपैयाँ बराबरका विभिन्न सामानहरु प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट बिभिन्न समयमा लकडाउनको निग्रानीको लागि भारत नेपाल सिमानामा गस्ति गर्ने क्रममा भन्सार छली नेपालतर्फ मोटरसाइकलहरुमा ल्याउँदै गरेका उक्त सामानहरु प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल सहित छाडेर भागे पश्चात प्रहरीले बरामद गरेको प्रहरीले बताएको छ ।

बरामद भएका मोटरसाइकहरुमा प्रदेश नम्बर ०१-०२-०४० प ७१८०, को.२२ प ३३९१, को.५ प ४३९८, को.२२ प २५८८, को.४ प ६०११, मे.२ प ६३४७ र को.३ प ७८२ नम्बर गरी ७ थान रहेका छन् ।

साथै उक्त मोटरसाइकलमा ल्याउँदै गरेको सलाई ६ केजी, सुर्ति २ सय ५ केजी, विडी १० केजी, प्लाष्टिकको डोरी ७० केजी, प्लाष्टिको रोल २६ केजी र दिलवाले रक्सी २२ कार्टुन समेत प्रहरीले बरामद गरेको हो ।

मोटरसाइकल सहितका उक्त समानहरु आवश्यक कारवाहीको लागि सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।