रुकुम घटना : एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ?: नायिका रेखा थापा

everest kitchen

रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा गएको जेठ १० गते शनिबार साँझ घटेको घटना अहिले देशभरीमा एउटा चर्चा र चासोको बिषय भएको छ । संसद, सडक, स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरुमा प्रमुखताका साथ समाचार तथा अन्य सामाग्रीहरु आईरहेका छन ।

समाचार संगसंगै बिभिन्न व्यक्तिहरुले आ-आफ्नो टिप्पणी देखि , खबरदारी , बिरोध र समर्थन पनि गरि रहेका छन । यसै सन्दर्भमा नायिका रेखा थापाले घटनाको मुख्य पात्रको रुपमा चित्रण गरिएकी सुष्मा मल्लकाे चरित्र हत्या भएकाे भन्दै सामाजिक सञ्जाल फेसबुकमा दु:ख व्यक्त गरेकी छिन ।

उनलेे फेसबुकमा लेख्दै भनेकी छिन् “रुकुम घटनाका दोसी माथि कर्वाही र पीडितलाई अबिलम्म्ब न्याय दियियोस ।यस घटनामा जोडीएकी शुश्मा मल्लको बारेमा जसरी चरित्र हत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको छ, तेस्ले फेरिपनी उत्पीडित वर्ग माथि प्रहार भयो भन्ने लाग्छ उनले लेखेकी छिन् ।

त्यस्तै नायिका रेखाले सुषमा चरित्र हत्या भएको बिरुद्ध कडा शब्द र प्रश्न गर्दै यस्तो लेखेकी छिन् “समाज बिरुद्द अन्तर्जातिय प्रेम गर्ने सहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त? दोषिलाई कानुनी कार्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बेइज्यत गरेर मात्र न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ? समुहमा बाहुन छेत्री, जनजाती जो जस्लाई गाली गर्नु छ गरे हुन्छ I एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ?

नायिका रेखा थापाले फेसबुकमा लेखेकाे स्टाटस यस्तो छ:

रुकुम घटनाका दोसी माथि कर्वाही र पीडितलाई अबिलम्म्ब न्याय दियियोस । यस घटनामा जोडीएकी शुश्मा मल्लको बारेमा जसरी चरित्र हत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको छ, तेस्ले फेरिपनी उत्पीडित वर्ग माथि प्रहार भयो भन्ने लाग्छ । समाज बिरुद्द अन्तर्जातिय प्रेम गर्ने सहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त? दोषिलाई कानुनी कार्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बेइज्यत गरेर मात्र न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ? समुहमा बाहुन छेत्री, जनजाती जो जस्लाई गाली गर्नु छ गरे हुन्छ I एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ? दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हिन्सा र प्रताडना दिएको कारण ति किशोरि नदिमा हाम्फलेमा कस्ले जवाफ दिन्छ ? अन्तर्जातिय प्रेम गरेको सट्टा जसरी उस्को चरित्र हत्या हुँदैछ, यसले जातिबादी सोचलाई झन धेरै बालवालिकामा स्थापित गर्ने देखिन्छ । राज्य सँग लडनु पर्‍यो नि, एउटा १७ बर्ष कि किशोरिलाई मानसिक र सामाजिक उत्पिडन किन ? दोषी भये कानुनी कार्वाही गरियोस । यो नबिर्सौ कि एउटा किशोरिको जीवन बर्वाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैनन ।