बाख्रा गोठालो गएकी किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

everest kitchen

 

पाँचथर। पाँचथरमा एक १९ बर्षिया किशोरीलाई बाख्रा चराईरहेको अवस्थामा जबर्जस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ती १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुम्वेवा गाउँपालिका-४ ओलने बस्ने ४० वर्षीय रमेश शर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गाउँ नजिकैको ओखरबोटे जंगलको छेउमा बाख्रा चराईरहेको अवस्थामा शर्माले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।