मलेसियामा प्रहरि कस्टडिमा एक नेपालिकाे मृत्यु

everest kitchen
photo file

मलेसिया । मलेसियाको पेतालिङजया स्थित जिनजाङ प्रहरि चाैकिमा एक नेपालिकाे प्रहरी कस्टडि भित्रै मृत्यु भएकाे छ ।

नेपाल स्थित ठेगाना नखुलेका र नाम पनि धन बहादुर मात्र भनिएका बर्ष ३७ का एक नेपालिलाई प्रहरिले मे २७ मा पक्राउ गरेकाे थियाे । उनले भिषा देखाउन नसकेपछि प्रहरिले पक्राउ गरेकाे थियाे । उनलाई जुन १० सम्मकाे लागि रिमान्डमा राखिएकाे थियाे ।

मलेसियन अनलाईन पत्रिका फ्रिमलेसिया टुडेका अनुसार जुन २ तारिक कस्टडिमा एक्कासि बेहाेस भेटिएका उनलाई अस्पताल लादा डाक्टरले मृत घाेषणा गरेका थिए ।
पाेष्टमार्टम रिपाेर्ट नआएसम्म मृत्युकाे कारण थाहा नभएपनि मलेसिया स्थित विभिन्न संस्थाहरूले भने मृत्यु संकास्पद रहेकाे भन्दै बिराेध गरिरहेका छन् ।

यस बिषयमा जानकारि लिन नेपाली राजदुतावास मलेसियामा सम्पर्क गर्दा दुतावासका द्वितीय सचिव प्रतीक कार्किले घटना बारे जानकारी आएको र राजदुतावासले यस बिषयलाई एकदमै गम्भीर रूपले फलाेअप गरिरहेकाे र सत्यतथ्य बाहिर ल्याउन कुनै कसुर नछाड्ने जानकारि दिए ।