नयाँ काेराेना संक्रमित २ सय १ जना, संक्रमितको सङ्ख्या २३ सय पुग्यो

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । नेपालमा मंगलबार थप २८८ जनामा काेराेना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबार थप धनकुटामा १, सप्तरीमा १, ताप्लेजुङमा ३, झापामा १, पाँचथरमा १, सुनसरीमा ७, पर्सामा ७, दैलेखमा ७, सल्यानमा ३, मोरङमा २, तेह्रथुममा १, सुनसरीमा १, कैलालीमा ३, डोटीमा २, कपिलवस्तुमा ६७, पाल्पामा २, रूपन्देहीमा २६, महोत्तरीमा ९, कालीकोटमा ७, दाङमा ५, प्युठानमा २, धनुषामा १, काठमाडौंमा ३”जसअनुसार काठमाडौं मेडिकल कलेज र टोखामा ३, नवलपरासीमा ८, रौतहटमा ११, सर्लाहीमा १५, सिन्धुपाल्चोकमा १ जना संक्रमित थपिएका हुन ।

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकोे बताएको छ ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २ हजार ३०० पुगेको छ भने ९ जनाको मृत्यु भएको छ । आज मात्रै टिचिङ अस्पतालमा उपचाररत दोलखाका पुरुषको मृत्यु भएको हो । हालसम्म २७८ जना निको भएका छन्।