नेपालमा कोरोनाभाइरसबाट ७६ वर्षीया पुरुषको मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौ । नेपालमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।  दोलखाका ७६ वर्षीया पुरुषको मृत्यु भएको हो ।

दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटा जानकारी दिए ।

लडेर टाउकोमा चोट लागेपछि उनलाई सुरूमा गौरीशंकर सामुदायिक अस्पताल चरिकोटमा भर्ना गरिएको थियो । त्यसपछि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका उनलाई गत जेठ १४ गते त्रिबि शिक्षण अस्पताल महाराजगन्जमा रिफर गरिएको थियोे । न्यूरो सर्जरी समेत गरिएका उनको बुधबार मृत्यु भएको हो ।

यो संगै नेपालमा कोरोनाका मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ भने संक्रमित २३ सय पुगेको छ ।