भोक: नानू परिवर्तन

नानू परिवर्तन

लघुकथा:भोक
नानू परिवर्तन

मानबहादुर दाइ सानै देखि टुहुरो मान्छे।म उनलाई दाइ भनेर बोलाउने गर्दथे।मैले उनलाई यो शहरमा भेटेको पनि चार पाच बर्ष भैसक्यो। अरुकै जमिनमा सानो टहरो घर दुई छोराछोरी अनि श्रीमतीको सपना पूरा गर्न मानबहादुर दाइ ज्याला मजदुरी गरिरहन्थे।म अफिसको बाटो हुँदै जाँदा उनी मलाई माडसाप भनेर बोलाउँथे अनि सुरु हुन्थ्यो उनका मिठा गफ।टाउकोमा मैलो टोपी ,च्यात्तिएका दोैरा लाएर पनि उनले हास्न भने कहिले छोडेनन्।जीवनमा कहिले हिम्मत हार्नु हुन्न ,भोकको लागि लड्नु पर्छ भनेर सधै सुनाइरहन्थे ।उनको अनुहारमा मैले निराश भएको र हार मानेको कहि कतै देखिन ।

देशमा रोगको माहामारी अनि सरकारको लकडाउनको कारण मेरो काम पनि ठप्प भएर म अाफ्नै कोठामा रुमल्लिएको थिए,जसको कारण मानबहादुर दाइसग भेट्ने स्थिति पनि थिएन।उनलाइ मैले नदेखेको पनि थुप्रै दिन बितिसकेको थियो तर आज एकाबिहानै बाहिर निस्किदै गर्दा मैले उनलाई उनको टहरा बाहिर हातमा मैलो टोपी समाएर झोक्राएर बसेको देखे ,,म अलि नजिक पुगेर मानबहादुर दाइ भनेर बोलाउन नपाउदै उनले पुलुक्क म तिर हेर्दै बोले-माडसाप मान्छे गरिब हुनु पनि दोष हुने रैछ ।यो देश त धनीको मात्र रहेछ,,यो ठाउको वडाले गरिब मजदुरको लागि राहत बाड्दै छ रे भन्ने खबरले म पुगिहाले म यो देशको नागरिक नागरिकता नभएकै कारण मलाई रित्तो हात पठाए माडसाप।म उनलाई हेरिरहे मात्र उनी बोल्दै थिए माडसाप रोग त अब सुरु हुँदै छ त्यो पनि भोकको रोग।मैले उनको अनुहारमा एउटा गरिब मानबहादुर भोकमा हारेको देखेँ ।