कपिलवस्तुमा कोदालो प्रहार गरि एकजनाको हत्या

everest kitchen
सांकेतिक तस्बिर

कपिलवस्तु । कपिलवस्तुमा एकजनाले कोदालो प्रयोग गरि हत्या गरेका छन । नगरपालिका-९ हर्नामपुर बस्ने ४५ वर्षीय श्यामनाथ तिवारीको हत्या भएको हो ।

  कपिलवस्तु नगरपालिका-९ हर्नामपुर बस्ने ४५ वर्षीय श्यामनाथ तिवारीलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका-५ कोपुवा बस्ने ४८ वर्षीय रामलौटन चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको  छ ।

सामान्य बिवाद कारण चौधरीले कोदालो प्रहार गर्दा तिवारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपरा र अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस घटना  सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको  छ ।