कोरोना परीक्षणको रिपोर्ट सहितको विवरण बुझाउन नेपाली दुतावास कतारको आग्रह

everest kitchen

काठमाडौं। कतारबाट नेपाल फर्किने नेपालीहरुका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य बुझाउन दुतावासले सुचना जारी गरेको छ

दोहास्थित् नेपाली दूतावासले एक सुचना जारी गर्दै नेपाल फर्कने नागरिकहरुले अनिवार्य आरडीटी वा पीसीआर मध्ये कुनै एकबाट परीक्षण गरेर रिपोर्ट बुझाउन भनेकाे छ ।

त्यस्तै उक्त प्रावधानका वारेमा धेरै जनालाई द्विविधा उत्पन्न भएको पाइएकोले, सो सम्बन्धमा विभिन्न विकल्पहरुको वारेमा नेपाल तथा कतार सरकारका सम्बन्धित निकायहरुमा आवश्यक समन्वय भईरहेको उल्लेख गरेको छ । यस सम्बन्धमा राजदूतावास कुनै न कुनै समाधान दिन प्रतिवद्ध जनाएको छ ।

साथै दुतावासले हाललाई सूचना भनिए अनुसार परिक्षण रिपोर्ट , स्पष्ट बिबरण, सम्पर्क नम्बर सहित ( [email protected] ) मा ईमेल पठाउन अनुरोध गरेको छ ।

सरकारले विदेशबाट ल्याइने नेपालीलाई व्यवस्थापन गर्न उपत्यकाभित्र ९ स्थानमा होल्डिङ सेन्टर र ४ स्थानमा कोरोना डेडिकेटेड क्वारेन्टाइन तयार पारेको छ