उपत्यकाका तीनै जिल्लाका प्रशासनहरु मापदण्डसहित लकडाउन खुकुलो पार्ने पक्षमा

everest kitchen

काठमाडौँ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लासहित सरोकारवाला निकाय लकडाउन खुकुलो बनाउन तयार भएका छन ।

केहि दिनदेखि उद्योगी तथा व्यापारीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि दवावमा रहेको प्रशासन लकडाउन खुकुलो बनाउन तयार देखिएको हो ।

बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सरोकारवाला निकायको संयुक्त बैठकले गृह मन्त्रालयमार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन गरिएको उच्चस्तरीय समितिलाई उपत्यकामा लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागि एक अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकले सार्वजनिक यातायात, शैक्षिक संस्था, सिनेमा हल, सभासम्मेलन तथा भेला हुन भने नपाइने गरी केहि निश्चित मापदण्ड राखेर लकडाउन खुकुलो बनाउन सकिने निष्कर्ष निकालेको हो ।

लकडाउन आगामी जेठ अन्तिम सम्म जारी गरिएको छ । केहिदिन काठमाडौं लकडाउन उलङघन गर्नेहरु बढेका छन ।