चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

everest kitchen
dayaram dahal/ photo : facebook

काठमाडौं | सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्ती गरेको छ ।

बिहीबार बसेको मन्त्री परिषद्को बैठकले चलचित्र बिकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गरेको हो । गत मंसिरमा बिकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डको अध्यक्षको पद रिक्त रहेको थियो ।

नवनियुक्त अध्यक्ष दाहाल संगै नायक तथा निर्माता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापालगायत दावेदार रहेका थिए ।

दाहाल लामो समय देखि चलचित्र क्षेत्रमा रहेका छन भने करिब ३ दर्जन चलचित्रमा उनलेे निर्देशन गरेका छन ।