क्वारेन्टाइनबाट घर फर्केकै राति मृत्यु भएका युवाको कोरोना पोजेटिभ

everest kitchen

काठमाडौं । नेपालमा कोभिड- १९ को कारण थप एकजनाको मृत्यु भएको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको हो ।

पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीया युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका उनको घर फर्किएकै राति बुधबार मृत्यु भएको सामाजिक बिकास मन्त्रालयले कर्णालीले जानकारी दिएको छ । आरडिटी जाँच नेगेटिभ आएपछि होम क्वारेन्टाइनका लागि पठाइएको उनमा कोभिड -१९ संग सम्बन्धित लक्षणहरु नभएको मन्त्रालयले बताएको छ ।

भारतबाट आएका ती युवक त्यसअघि पञ्चपुरी नगरपालिका वडा नं . ९ , विद्यापुर , सुर्खेत स्थित जनता माध्यामिक वेद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका थिए।

यो नेपालमा कोबिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।